नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समिति र सेन्टर फर मिडिया रिसर्चको आयोजनामा पत्रकारका लागि सोसल मिडिया प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको आग्रहमै पत्रकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता निर्माण गर्न लागेको जानकारी गराउनु भयो । उहाँले यो विषय प्रेस सरोकारवालासंगको वृहत छलफलबाट मात्र ल्याउने बताउनु भयो । 

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले सञ्चार गृहको विश्वासनीयताका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नियम ल्याउन लागेको बताउनु भयो ।

कार्यक्रममा सामाजिक सञ्चालन सम्बन्धि संहिता बनाउन बनेको कार्यदलका संयोजक तथा महासंघका सचिव प्रकाश थापाले विभिन्न छलफलहरुबाट आएका सुझावहरु समेटेर बनाएको पहिलो मस्यौदा प्रस्तुत गर्नुभउको थियो ।

नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिका संयोजक लेखनाथ न्यौपानेले पत्रकारहरुलाई सामाजिक सञ्जाल प्रयोग सम्बन्धी साक्षरताका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुकालागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नियम बनाउदा अनलाइन सञ्चारमाध्ययम र सामाजिक सञ्जाललाई बर्गिकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव , कोषाध्यक्ष, सदस्य तथा अनलाईन पत्रकार संघका अध्यक्ष लगायत विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।