वैशाख २४ देखि ३० गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा स्थानीय तहमा विभिन्न दलका कार्यक्रम, चुनावसंग जोडिएका निर्वाचन आचारसंहिता, सुरक्षा, हिंसा, जनताका आवाज र महिलाका विषयमा मिडियाले समाचार प्राथमिकता साथ प्रकाशित गरेका छन् । अघिल्लो साता, मनोनय दर्ता र चुनाव चिन्ह प्रदान गरे लगत्तै, उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लगेका थिए । यो साता निर्वाचन आयोगले चुनाव सम्बन्धी गरेको तयारीबारे समाचार प्रकाशित गरेका छन् । आयोगले गरेको निर्वाचन आचारसंहिता अनुगमन र जनमानसमा सूचनामूलक सामाग्रीबारे पनि समाचार प्रकाशित भएका छन् । मिडियामा चुनावसंग जोडिएर भएका हिंसा र सुरक्षा चुनौतीका घटनाका विषयमा हरेक दिन जसो आएका छन् ।

यस्तै, चुनाव नजिकिएसंगै राजनीति दलका नेताहरुका टिका–टिप्पणी र आरोप–प्रत्यारोपबारे समाचार प्रकाशित भएका छन् । यस्ता समाचार विषेशगरि राजनीतिक दलका कार्यक्रमका आधार तयार पारिएको पाइन्छ । अघिल्लो साताझै यो सातामा पनि महिला उम्मेदवारबारे पनि समाचार उल्लेख्यरुपमा प्रकाशित भएका छन् । तर, प्रकाशित सामग्रीमा राजनीति दलहरुले महिला उम्मेद्वारलाई दोस्रो पदमा उठाइएको भनि स्थापित गर्ने प्रयास गरिएको छ । यस्तै, अनलाइन मिडियामा भने समाचार छान्ने प्रवृत्ति हावी भएको पाइन्छ । विशेगरि यो अवश्ता रातो पाटी, चक्रपथ, इसमता र हुलाकीन्यूजमा बढी छ । यी अनलाइन खबरमा आफ्नो कुनै पार्टी विशेषलाई समर्थन गर्ने पक्षका समाचार प्रकाशित गरिएको पाइन्छ ।

चुनाव सम्बन्धी अन्य विषय जस्तै आर्थिक पक्ष, सामाजिक सञ्जालमा चुनाव, निर्विरोध भएका उम्मेदवारका विषयमा समाचार प्रकाशित भएका छन् ।

मिडिया एजेण्डा

यो साता उम्मेदवारका चुनावी गतिविधि, निर्वाचन आचारसंहिता हनन् र हिंसाका घटनाका विषयमा प्रमुख एजेण्डाका रुपमा प्रकाशित गरेका छन् । राजनीतिक दलका उम्मेद्वारका चुनाव प्रचार–प्रसारका क्रममा भएका निर्वाचन आचारसंहिता हनन् र हिंसाका घटना हरेक दिन जसो मिडियामा प्रकाशित भएका छन् । हिंसात्मक घटनाका कारण चुनावको दौरान सुरक्षा अवस्थाबारे मिडियाले प्रश्न पनि उठाएका छन् ।

अनलाइनखबर र रातोपाटीमा आएका समाचार:

आचारसंहिता हननका घटना बढेसंगै निर्वाचन आयोगले भने सन्तोजनक भनि गरेको टिप्पणी समेता मिडियामा प्रकाशित भएका छन् ।

यस्तै मिडियामा सरकारले आचारसंहिता उल्लंघन गरेपनि अनुगमन र कारवाही गर्न निर्वाचन आयोग असफल रहेको भन्दै नागरिक दैनिकले सरकारले कसरी आसंहिता हनन् गरिरहेका घटनाबारे समाचार प्रकाशित गर्यो । तर, त्यसबारेमा कुनै प्रतिक्रिया आएन भने त्यस विषयमा समाचार फलोअप भएको पाइएन ।

नागरिकले सम्पादकीयमा लेख्छ

निर्वाचन आचारसंहिता, २०७२ को सातौं बुँदामा सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबाहेक नयाँ नीति, योजना तथा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न हुँदैन भन्ने प्रस्ट उल्लेख छ। यसबीच बजेटसमेत ल्याउनुपर्ने अवस्था छ। निर्वाचनको बीचमा पनि नयाँ कार्यक्रम नथपी बजेट ल्याउन मिल्ने आयोगको अवधारणाले अन्योल कम गरे पनि यस्ता विषय समयमै निरोपित हुनुपर्छ। नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजना शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोका लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन भन्ने प्रावधान पनि आचारसंहितामा छ। तर, यस प्रकृतिका काममा पनि कुनै रोक लागेको देखिएको छैन। सरकारले पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने व्यवस्था पनि छ। तर, यस्तै प्रकृतिको काम कतै रोकिएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक आदिमा भएका नियुक्ति निर्णयका आधारमा पनि सरकारले आचारसंहिता उल्लंघन गरेको देखिएको छ। सरकारको यस किसिमको काममा रोक लगाउन आयोगले विशेष भूमिका निर्वाह नगरेकोमा आयोगकै पूर्वपदाधिकारीले समेत आलोचना गरेका छन्। सरकारले आचारसंहिता मिचिरहने र आयोगले टुलुटुलु हेरिरहने हो भने त्यसले पद्धति निर्माणमा सहयोग पुग्दैन।

यस्तै आचारसंहिता हनन् भयो भनि मिडियालाई पनि आरोप लगाइएको छ । सेतोपाटी पत्रिकाले अघिल्लो साता वैशाख २० गते तपाई कसलाइ भोट हाल्नुहुन्छ, किन ? भनि सुरु गरिएको श्रृंखला तेस्रो भागमा रोकिन पुग्यो । तेस्रो भागको जनमत पनि दोस्रो दिन नै प्रकाशित गरिएको थियो । निर्वाचन आयोगले यसरी धारणा लिन नपाइने भनेपछि यो श्रृंखला रोकिएको हो ।

यस्तै आचारसंहिता हनन् भयो भनि मिडियालाई पनि आरोप लगाइएको छ यस्तै आचारसंहिता हनन् भएका घटनाबारे अनलाइन पत्रिका विभाजित देखिन्छ । दलगत निकटताका आधरमा समाचार लेख्ने र नलेख्ने गरेको पाइन्छ ।

जस्तै चक्रपथ डटकमले नेपाली काँग्रेसका उम्मेद्वारले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै फोटो सहित समाचार प्रकाशित गरेको छ भने त्यो समाचार अनुगमन गरिएका अरु अनलाइन मिडियामा देखिएन । यसतै अन्य अनलाइनले एमालेबाट पूर्वमन्त्री महेश बस्नेतले आचारसंहिता विपरित सडक पिच गरिरहेको समाचार भिडियो सहित समाचार प्रकाशित गरे । तर, त्यो चक्रपथ डटकममा भने प्रकाशित भएन । यसले मिडिया विभाजित भएको अवस्था देखाउँछ ।

यस्तै आचारसंहिता विपरितका घटानमा संलग्न भएका लागि निर्वाचन आयोगले स्पष्टीकरण समेत माग गरेका समाचार प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *