सेन्टर फर मिडिया रिसर्च-नेपाल (सिएमआर-नेपाल)ले २०८० साल पुसमा बागमती प्रदेशमा हुने लोकतन्त्र र सूचनाको चलखेल (Information Manipulation) सम्बन्धी तालिमका लागि आवेदन खुला गरेको छ ।
इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आईआरआई) को सहयोगमा सिएमआर-नेपालले मिथ्या सूचना, सूचनाको चलखेलबाट हुन सक्ने हानी, त्यसबाट जोगिने उपाय तथा मिडिया र सूचना साक्षरता अभियानलाई बढाउने उद्देश्यले दुई दिने तालिम सञ्चालन गर्न लागेको हो ।
यस्तो तालिम कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइसकेको छ।
आवेदन यहाँ दिन सकिन्छ । तर, आवेदन दिनुअघि तलका जानकारीहरू राम्रोसँग पढ्नुहोस् ।
कसले आवेदन दिन सक्छन् ?
प्रदेशका १८ देखि ४० वर्ष उमेर समूहका राजनीतिमा सक्रिय युवा, पत्रकार, मिडियाकर्मी, सोसल मिडियामा सक्रिय पेज सञ्चालक र महिलाले यो तालिमका लागि आवेदन दिन सक्छन् । राजनीतिक दल र उनीहरूका भातृसंगठन तथा शुभेच्छुक संस्थामा आबद्ध युवाले पनि आवेदन दिन सक्छन् ।
तालिमका विषय के के हुन्छन् ?
तालिमका लागि सूचनामा चलखेल, सूचनामा चलखेल र चुनौतीहरू, सूचनाको चलखेल विरुद्धको लडाइँ, निर्वाचनमा हुने सूचनाको चलखेल विरुद्धको लडाइँ, आमसञ्चार र सूचना साक्षरता, तथ्य जाँच लगायतका विषय समावेश हुनेछन् ।
तालिम शुल्क कति लाग्छ ?
यो तालिम नि:शुल्क हो । तालिममा छनौट भएका सहभागीहरूको तालिम शुल्क, यातायात र आवास खर्च सबै सिएमआर-नेपालले ब्यहोर्नेछ ।
तालिम कस्तो हुनेछ ?
तालिम दुई दिनको हुनेछ । विषय अनुसार सत्रहरूलाई बाँडिनेछ । र, तालिममा प्रयोगात्मक र अन्तरक्रियात्मक पक्षलाई प्राथमिकता दिइनेछ ।
आवेदन दिन के चाहिन्छ ?
आवेदनका लागि फर्म भर्नु पर्ने हुन्छ । त्यसका लागि बायोडेटाको doc वा pdf तयार गरेर यही फर्ममा भर्न सकिनेछ ।
छनौट कसरी गरिन्छ ?
तालिम विज्ञ सहजकर्ता, सिएमआरका प्रतिनिधि र आइआरआइका प्रतिनिधिले प्राप्त आवेदनमध्येबाट २० जनाको छनौट गर्नेछन् । यसरी छनौट गर्दा क्षेत्रीय सन्तुलन र समावेशीतालाई विशेष प्राथमिकता दिइनेछ । एउटा जिल्लाबाट एउटै संस्थाका एक जना भन्दा बढीलाई सहभागी गराइने छैन ।
थप प्रश्न भए मोबाइल नं 9841303435 वा bhuwan.kc@cmrnepal.org.np मा सम्पर्क गर्नुहोस्।