नेपाली भाषाका लागि तल स्क्रोल गर्नुहोस् ।
With an aim of empowering the presence of women journalists in environment and climate journalism, the Center for Media Research – Nepal (CMR-Nepal), with support from Oslo Metropolitan University, Norway, under the Norwegian Agency for International Development Aid (Norad) has opened applications for the Her Climate Story Fellowship.
This one-month fellowship will be awarded to 12 Nepali women journalists selected from the applications.
Women journalists receiving the fellowship will be required to:
- Participate in a residential orientation in Kathmandu from December 25 to 28.
- Produce and publish/broadcast at least one environment- or climate-related media content.
- Participate in the Kathmandu Conference on Combating Misinformation on January 24 and 25. (optional for Kathmandu-based fellows)
- Participate in a half-day experience-sharing program on January 26.
All expenses for the orientation, the Kathmandu Conference, and the experience-sharing program will be covered by CMR-Nepal.
Women journalists who complete the required fellowship activities will receive an incentive of NPR 25,000. In addition, they will be placed on a priority list for future capacity-building and environment/climate journalism programs organized by CMR-Nepal.
“हर क्लाइमेट स्टोरी फेलोशीप” का लागि आवेदन खुला

वातावरण / जलवायु पत्रकारितामा महिला पत्रकारहरूको उपस्थितिलाई सशक्त बनाउने उद्देश्यले सेन्टर फर मिडिया रिसर्च – नेपाल (सिएमआर-नेपाल) ले नर्वेको ओस्लो मेट्रोपोलीटन युनिभर्सिटीको सहयोगमा प्रदान गर्न लागेको हर क्लाइमेट स्टोरी फेलोशीपका लागि आवेदन खुला गरेको छ ।
एक महिनाको यो फेलोशीप प्राप्त आवेदनबाट छानिएका १२ नेपाली महिला पत्रकारहरूका लागि प्रदान गरिने छ ।
फेलोशीप प्राप्त गर्ने महिला पत्रकारहरूले निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ:
- काठमाण्डौँमा पुस १० देखि १३ सम्म आवसीय अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ ।
- कम्तीमा एउटा वातावरण / जलवायुसम्बन्धी मिडिया सामग्री उत्पादन र प्रकाशन/प्रसारण गर्नुपर्नेछ ।
- माघ १० र ११ मा हुने काठमाण्डौँ कन्फ्रेन्स अन कम्ब्याटिङ् मिसइन्फर्मेसनमा सहभागी हुनुपर्नेछ । (काठमाण्डौँ उपत्यकाका सहभागीलाई स्वेच्छिक)
- माघ १२ मा हुने आधा दिने अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुनुपर्नेछ ।
अभिमुखीकरण, काठमाण्डौँ कन्फ्रेन्स र अनुभव आदानप्रदान कार्यक्रमको सम्पूर्ण आर्थिक व्यवस्थापन सिएमआर-नेपालले गर्नेछ ।
फेलोशीपका आवश्यक कार्य पूरा गर्ने महिला पत्रकारले प्रोत्साहन बापत् रु २५,०००/- प्राप्त गर्नेछन् । साथै सिएमआर-नेपालले भविष्यमा गर्ने पत्रकारको क्षमता अभिवृद्धि र वातावरण/जलवायु पत्रकारितासम्बन्धी कार्यक्रममा सहभागिताका लागि प्राथमिकतासूचीमा रहने छन् ।