पत्रकारितामा ‘नराम्रा समाचार मात्रै राम्रा समाचार हुन्छन्’ भन्ने भनाइ सधैँ सत्य हुँदैन। राम्रा समाचारलाई पनि पत्रकारले ध्यान दिनुपर्छ। अझ विशेषगरी पाठक/श्रोताको सेवा गर्छु भन्ने व्यावसायिक पत्रकारले यसमा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

यो पुस्तकले पत्रकारितामा नवप्रवेशीलाई यो पेशाका आधारभूत कुराहरू छिट्टै बुझ्न सहयोग गर्छ। अनुभवी पत्रकार र पत्रकारिताका शिक्षकहरूलाई पनि यसले समाचार कसरी छनोट गर्ने, कसरी खोज गर्ने, र पाठक/श्रोताका लागि अनलाइन, छापा, रेडियो, टिभी वा सोसल मिडियामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा मार्गदर्शन र सोच्नका लागि खुराक दिने अपेक्षा छ।

विश्वभर भइरहेका उथलपुथलको समयमा यसको नेपाली संस्करण प्रकाशित भएको छ। मलाई आशा छ, यो पुस्तकले नेपालमा पत्रकारिता र पत्रकारिता शिक्षाको सुधारमा मद्दत गर्नेछ। यस पाठ्यपुस्तकको मूल भाषा जर्मन हो, जसको चौथो संस्करण प्रकाशित भइसकेको छ। यो पुस्तक आठ युरोपेली भाषामा अनुवाद गरिएको छ।

लेखक: स्टेफान रुस-मोल र तन्जिभ शुल्ज
अनुवाद र सम्पादक: लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्य
प्रकाशन: सिएमआर नेपाल जर्नलिजम एकेडेमी
संस्करण: प्रथम
प्रकाशन वर्ष: २०२५
पृष्ठ: २२२