https://doi.org/10.62657/cmr10211

डाउनलोड गर्नुहोस्

तथ्यमा आधारित सूचना तथा समाचारले सही जनमत निर्माण गर्न सहयोग पुर्या‍उँछ भने मिथ्या तथा गलत सूचनाले वास्तविकतालाई ओझेलमा पारी समाज तथा राष्ट्रलाई गलत दिशातर्फ डोर्या‍उँछ । पछिल्लो समय मिडिया परिदृश्यमा देखा परेको रूपान्तरणसँगै सोसल मिडिया, अनलाइन प्लेटफर्म र डिजिटल सामग्रीको उपलब्धता व्यापक भएको छ । जसकाकारण सिकाइ र सञ्चारका हिसाबले अवसरसँगै भरपर्दो सूचनाका स्रोतहरूको पहिचान, पूर्वाग्रहको पहिचान र मिडिया सन्देशको प्रभाव बुझ्न चुनौती थपिएका छन् ।

आजको डिजिटल र सूचना प्रविधिको दु्रत विकासको परिप्रेक्ष्यमा मिडिया तथा सूचना साक्षरताबारे जानकारी हुनु अपरिहार्य छ । यो मिडिया र सूचना साक्षरता प्रशिक्षक स्रोत पुस्तिका मुख्यतः शिक्षकहरूलाई सहयोग गर्ने उद्देश्यले तयार पारिएको हो । पुस्तिकाले मिथ्या सूचना, सामाजिक सञ्जाल, तथ्यजाँच, इन्टरनेटको सदुपयोग, गोपनीयताको हक/अधिकारलगायतका विषय सहजरूपमा बुझ्न सहयोग गर्छ ।

लेखक: उज्ज्वल आचार्य
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च – नेपाल, काठमाडौँ
संस्करण: प्रथम
प्रकाशन वर्ष: विसं २०८०
पृष्ठ संख्या: ४८