https://doi.org/10.62657/cmr207805
सन् २०२० मा सुरु भएको कोभिड १९ महामारीमा लकडाउन सुरु भएपछि मिडियामा प्रभाव देखिन थालेको हो। कतिपय मिडियाले आफ्नो छापा प्रकाशन बन्द गर्दै अनलाइनमा केन्द्रित भए भने कतिपयले चाहिँ पृष्ड सङ्ख्या घटाएर प्रकाशित गर्न थाले। रेडियो र टेलिभिजनहरूले पनि आफ्ना कार्यक्रम कटौती गरे। कोभिडको प्रभाव अर्थतन्त्रमा पर्यो भने त्यसका कारण विज्ञापन भारी मात्रामा कटौती भयो। परिणामस्वरूप विज्ञापनस्वरूप विज्ञापनमा आश्रित आमसञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकार नराम्ररी प्रभावित भए।
यो अध्ययनमा चाहिँ पूर्वअध्ययनहरूको निष्कर्ष र तथ्याङ्कहरूसमेत प्रयोग गर्दै आमसञ्चार क्षेत्रमा परेको समग्र प्रभावलाई बहआयामिक हिसाबले केलाउने प्रयास गरिएको छ। त्यसका साथै यो अध्ययनमा कोभिड-१९ को प्रभाव के/कस्तो परेको छ भन्ने विषयमा मात्र नभई कसरी प्रभावित बनायो भन्ने कुराको पनि विश्लेषण गरिएको छ। त्यसका लागि पत्रकार, मिडिया हाउस सञ्चालक र मिडिया विश्लेषकहरूको भनाइलाई मुख्य आधार बनाइएको छ भने तथ्यगत हिसाबमा चाहिँ बहुस्रोतबाट पुनर्पुष्टि गरिएको छ। त्यसैले पत्रकारितामा परेको कोभिड-१९ को प्रभावको लेखाजोखा गर्न तथ्याङ्कसँगै व्यक्तिको भोगाइ र मनोभावना कुनै निश्चित कालखण्डमा के/कस्तो रह्यो र कसरी व्यक्तिदेखि संस्थासम्म प्रभावित भए भन्ने बुझ्नका लागि पनि यो अध्ययन महत्त्वपूर्ण हुने ठानी यो पुस्तक प्रकाशन गरिएको हो।
सम्पादक: तिलक पाठक, भुवन केसी र उज्ज्वल आचार्य
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च – नेपाल, काठमाडौँ
संस्करण: प्रथम
प्रकाशन वर्ष: विसं २०७८
पृष्ठ संख्या: १४४
अध्यायहरू
हाम्रो भनाइ
नेपाली आमसञ्चार क्षेत्रमा कोभिड-१९ को असर
उज्ज्वल आचार्य, तिलक पाठक र भुवन केसी
पृष्ठ ११ – २१
ठुला मिडियाका ठुलै समस्या
राजु अधिकारी
पृष्ठ २२ – ४८
पत्रकारप्रतिको दृष्टिकोणमा वदलाव
शिवनाथ यादव
पृष्ठ ४९ – ६२
सञ्चालक त्रसित, पत्रकार असुरक्षित
ऋषिकेश दाहाल, उमेश श्रेष्ठ र विकास कार्की
पृष्ठ ६३ – ८३
आम्दानी घट्यो, पत्रकार हटाइए
सन्तोष पोखरेल
पृष्ठ ८४ – १०३
बढी मारमा नयाँ पत्रकार
कृष्ण पोखरेल
पृष्ठ १०४ – ११६
पारिश्रमिकविनै पत्रकारिता
नगेन्द्र उपाध्याय
पृष्ठ ११७ – १२५
वैकल्पिक पेशाको खोजीमा पत्रकार
मनमोहन स्वाँर
पृष्ठ १२६ – १४१