https://doi.org/10.62657/cmr10213

डाउनलोड गर्नुहोस्

सूचना प्रविधिको तीव्र विकाससँगै अवसर र चुनौती थपिएका छन। सूचना प्रविधिले गर्दा छिटो र छरितोरूपमा सूचना तथा ज्ञानलाई व्यापक बनाउन सहज भएको छ। साथसाथै उपलब्ध सूचना तथा जानकारी सही हुन् कि होइनन् भन्ने छुट्याउन कठिन भइरहेको छ। आवश्यकताअनुसार सूचना तथा जानकारी केलाउन नसक्दा र प्रविधिको सदुपयोग गर्न नजान्दा अन्योल सिर्जना हुने मात्र होइन, गलत नतिजा पनि आएका छन। त्यसैले यतिबेलाको आवश्यकता सूचना प्रविधिको सही प्रयोग र सही सूचना छनोट गर्नु हो । त्यो क्षमता विकासका लागि मिडिया र सूचना साक्षरताबारे जानकारी हासिल गर्नु जरुरी हुन्छ।

सेन्टर फर मिडिया रिसर्च–नेपालले विगतदेखि नै मिडिया र सूचना साक्षरतासम्बन्धी काम गर्दै आएको छ। सचेत बनौँ ! सूचना र प्रविधिको सही प्रयोग नामक पुस्तिका पुस्तिकामा मिथ्या सूचना, मिडिया, सोसल मिडिया, इन्टरनेट, कम्प्युटर, मोबाइल फोन, तथ्य जाँच, डिजिटल डिटक्स, एआइलगायतका विषय समावेश गरेका छौँ । यो पुस्तक युवाहरूका लागि लक्षित हो।

सामग्री संयोजक: उज्ज्वल आचार्य
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च – नेपाल, काठमाडौँ
संस्करण: प्रथम
प्रकाशन वर्ष: विसं २०८०
पृष्ठ संख्या: ६०