नेपालको सन्दर्भमा हेर्दा धेरै पहिलेदेखि नै भ्रष्टाचारको चर्चा र नियन्त्रणका लागि पहल भएका पाइन्छ । २०४६ सालको जनआन्दोलनयता २०८१ को वैशाखसम्म नियाल्दा नेपालमा भ्रष्टाचारसम्बन्धी धेरै बहस र छलफल भएका देखिन्छ । र, भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुग्ने गरी ३ दर्जन भन्दा बढी कानुन बनेका पाइन्छ भने १ दर्जन भन्दा बढी सरकारी निकाय भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष वा परोक्षरूपमा सक्रिय देखिन्छन् । भ्रष्टाचार नियन्त्रणका लागि कानुनी र संरचनागत आधारहरू तयार भएसँगै भ्रष्टाचारका घटनाक्रम पनि धेरै भन्दा धेरै बाहिर आएका देखिन्छ । भ्रष्टाचारका ठूलाठूला काण्ड पनि क्रमशः एकपछि अर्काे सार्वजनिक हुँदै आएको देखिन्छ । भ्रष्टाचारका काण्ड उजागर हुँदा जति महत्व पाउँछ, विस्तारै सेलाउँदै जाने र मुख्य दोषी भनिएकाहरूलाई कारबाही नहुने प्रवृत्ति पनि छ । सङ्घ, प्रदेश र स्थानीय तहसहित विभिन्न निकायमा संरचनागतरूपमा भ्रष्टाचार भइरहेको भन्दै गर्दा अन्तर्राष्ट्रिय तहमा भ्रष्टाचार व्याप्त हुने देशहरूको सूचीमा नेपाल पनि दरिएको छ ।
नेपालमा सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचार तथा अनियमितताबारे जति कुरा बाहिर आएका छन्, निजी क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितताबारे अनुसन्धान गर्ने निकायदेखि मिडियासम्मको त्यति ध्यान पुगेको छैन । २०७९ देखि २०८१ सालसम्म मिडियामा आएका भ्रष्टाचार तथा अनियमिततासम्बन्धी समाचार हेर्दा भ्रष्टाचार माथिदेखि तल (सङ्घ, प्रदेश र स्थानीय तह) सम्मै विकेन्द्रित छ । हरेक सरकार कुनै न कुनै रूपमा विवादमा परेकै छन् । सबै होइनन् तर भ्रष्टाचार तथा अनियमितताको विषयमा कर्मचारी, नेता, व्यापारी÷उद्योगपति, ठेकेदार, प्रहरी, सेना, भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायका पदाधिकारी, न्यायाधीशलगायत विवादमा परेका छन् । र, भ्रष्टाचारमा संलग्न भएकामध्ये कतिपय कारबाहीको भागीदार भए पनि समाजमा भने भ्रष्टाचार संस्कृति मौलाउँदो छ ।
यो सन्दर्भमा भ्रष्टाचार, भ्रष्टाचार नियन्त्रणसम्बन्धी नेपालमा भएका नीतिगत तथा संरचनागत प्रयास, २०४६ सालपछिका भ्रष्टाचारका ठूला काण्ड, मिडियामा भ्रष्टाचारसम्बन्धी मुद्दा, भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय निकायहरूका भूमिकासहित भ्रष्टाचारसम्बन्धी विविध पक्षमा थप जानकारी र बहस गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो ।
सम्पादक: तिलक पाठक र भुवन केसी
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च – नेपाल, काठमाडौँ
संस्करण: प्रथम
प्रकाशन वर्ष: विसं २०८१
पृष्ठ संख्या: ३३२
अध्यायहरू
हाम्रो भनाइ
भ्रष्टाचार र मिडिया [Download English translation here]
तिलक पाठक
पेज १ – १८
https://doi.org/10.62657/cmr10214a
नेपालमा भ्रष्टाचार: नीति र नियत
दीपक अर्याल र राजीवरञ्जन सिंह
पेज २१ – ६०
https://doi.org/10.62657/cmr10214b
भ्रष्टाचारका ठूला काण्ड
हरिबहादुर थापा
पेज ६३ – १२५
https://doi.org/10.62657/cmr10214c
मिडियामा भ्रष्टाचारका मुद्दा
चेतना कुँवर, जनार्दन नेपाल र भुवन केसी
पेज १२७- १६९
https://doi.org/10.62657/cmr10214d
कोकाकोला कर छली प्रकरण र मिडिया प्रवृत्ति
डा. दिपेशकुमार घिमिरे
पेज १७१ – १९७
https://doi.org/10.62657/cmr10214e
सिसिटिभी काण्डमा खोजी पत्रकारिता
भुवन केसी र शकुन्तला लोथ्याल
पेज १९९ – २४८
https://doi.org/10.62657/cmr10214f
भ्रष्टाचारविरुद्धका कार्टुन र प्रतीकको विविधता
डा. कुन्दन अर्याल
पेज २५१ – २८१
https://doi.org/10.62657/cmr10214g
नेपालमा भ्रष्टाचार नियन्त्रण: कानुनी व्यवस्था र अभ्यास
तेजमान श्रेष्ठ
पेज २८३ – २२९
https://doi.org/10.62657/cmr10214h
लेखक परिचय