विश्वव्यापी रूपमा डिजिटल माध्यमले परम्परागत माध्यममाथि प्रभाव जमाइरहेको समकालीन परिवेशमा नेपालको अवस्था र डिजिटलाइजेसनका बहुआयामिक दृष्टिकोणलाई केन्द्रमा राखेर यो पुस्तक तयार भएको छ । पुस्तकमा डिजिटल यात्राको थालनीको सन्दर्भमा प्रविधिको विकास र त्यसले सञ्चार र पत्रकारिता क्षेत्रमा पारेको असरलाई विभिन्न नौ अध्यायमार्फत विश्लेषण गरिएको छ । गुटनबर्गको ऐतिहासिक प्रिन्टिङ प्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित डिपसिकसम्मको सन्दर्भबाट प्रविधि विकास र त्यसले सञ्चारमा ल्याएका बहसलाई यसमा समेटिएको छ। सोसल मिडियाको उदय र प्रभावकारितासँगै परम्परागत माध्यमको ओरालो यात्रा होस् या समकालीन विश्वले भोगिरेको मिथ्या सामग्री प्रवाहको सन्दर्भ, पुस्तकले फरक फरक अध्यायमार्फत प्रष्ट्याउने प्रयास गरेको छ । महङ्गो खर्चमा उत्पादन हुने डिजिटलमा आधारित समाचार सामग्री निशुल्क प्रवाह हुँदा त्यसले पत्रकारिता क्षेत्रको स्वास्थ्यस्थितिमा पारिरहेको नकारात्मक प्रभाव र अर्थ राजनीति जो कसैका लागि चासो विषय हो । माध्यम र उपभोक्ताको समाचार ग्रहण गर्ने शैली बदलिएसँगै सम्पादकहरू पनि बैकल्पिक माध्यमलाई अपनाउन वाध्य छन् । त्यसले बैकल्पिकलाई मूलधार र मूलधारलाई बैकल्पिक त बनाउने होइन भन्ने प्रश्न सिर्जना भएको छ। सोसल मिडियामा आधारित भएर सामग्री उत्पादन गर्नेको नैतिक र कानुनी धरातलमाथि प्रश्न गर्ने समय भइसकेको परिवेशमा ती विषयलाई यस पुस्तकले बहसमा ल्याएको छ ।
लेखक: ऋषिकेश दाहाल, पीएचडी
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च – नेपाल
संस्करण: प्रथम
प्रकाशन वर्ष: २०२५
पृष्ठ सङ्ख्या: १८६
विषयसूची
प्राक्कथन
सामान्यीकरणतर्फ डिजिटल सङ्क्रमण
प्राध्यापक पी. खरेल
अध्याय १
आरम्भ : डिजिटल यात्रा
अध्याय २
गुटनबर्ग, गोरखापत्र र गुगल
अध्याय ३
सोसल मिडियाको उदय र एजेन्डा निर्माण
अध्याय ४
बदलिँदो माध्यम र मिथ्या सामग्री
अध्याय ५
अनलाइन समाचारको मूल्य
अध्याय ६
डिजिटल मिडिया र लोकतन्त्र
अध्याय ७
युट्युबमा सम्पादकहरूको यात्रा
अध्याय ८
डिजिटल उत्पादन, नैतिक नियन्त्रण
अध्याय ९
डिजिटल अपराध र कानुनी कद
आफ्नै कुरा